काठमाडौं — आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या ८० पुगेको छ। निर्वाचन आयोगका अनुसार सोमबारसम्म ६४ दल दर्ता भएका थिए भने मंगलबार थप १६ दल दर्ता भएपछि संख्या ८० पुगेको हो।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मंगलबार दर्ता भएका दलहरूमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, तथा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रमुख छन्।
यससँगै दर्ता भएका अन्य दलहरू छन्—
-
सर्वोदय नागरिक पार्टी
-
राष्ट्रवादी केन्द्र नेपाल
-
राष्ट्रिय जनमुक्ति पार्टी
-
राष्ट्रिय उर्जाशील पार्टी नेपाल
-
नेपाली जनता दल
-
नागरिक सर्वोच्चता पार्टी नेपाल
-
आमूल परिवर्तन रिपब्लिकन पार्टी
-
जनजागरण पार्टी नेपाल
-
त्रिमूल पार्टी नेपाल
-
इतिहासिक जनता पार्टी
-
राष्ट्रिय कम्युनिष्ट पार्टी
-
प्रजातान्त्रिक पार्टी नेपाल
निर्वाचन आयोगका अनुसार दर्ता कायम रहेका दलको कुल संख्या १३४ छ। साथै, २२ नयाँ दल दर्ता प्रक्रियामा रहेकाले आगामी दिनमा दल संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ।–00–


