उदयपुरमा जिप दुर्घटना: कानुन अधिकृतको मृत्यु, ६ जना घाइते

वैशाख १९, काठमाडौँ । चितवनबाट झापातर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मे १ च ३०४० नम्बरको जिप बिहीबार साँझ मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–६, सोमबारेमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेतको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सञ्चार शाखाले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु