काटमाण्डौं, ३० असोज
गैरआवासीय नेपाली नागरिकता वितरणको आज शुभारम्भ हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रधान गर्ने कार्यक्रम तय भएको छ ।
आचार्यले सामाजिक सञ्जालमार्फत पहिलो गैरआवासीय नागरिकता आफूलाई प्रदान गर्न लागेकोमा आभार व्यक्त गरेका छन् ।
उनले लेखेका छन्–“एकपटकको नेपाली, सधैंको नेपाली” भन्ने भावनालाई मूल मन्त्र मानेर दुई दशकदेखि संघर्ष गर्दै आएको प्रतिफलस्वरूप नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान स्थापित गर्न सफल भएका थियौं । यो हामी सम्पूर्ण गैरआवसीय नेपाली समुदायका लागि गौरव, हर्ष र सफलताको क्षण हो ।


