महिलाहरुको सक्रियताले उर्जा मिल्छः नगर प्रमुख

साना किसान कृषि सहकारी संस्था पदमपुरको साधरण सभाः१३ जना असल ऋणी सम्मानीत

कालिका, १७ असोज । साना किसान कृषि सहकारी संस्था पदमपुरले ३ जना सफल युवा उद्यमी किसानलाई नगद सहित सम्मान गरेको छ । सहकारीले आफ्नो चौधौं वाषिक साधरण सभाको अवसरमा ३ जना सफल युवा उद्यमी किसानलाई जनही ३ हजार रुपैयाँ नगद सहित सम्मान गरेको हो । सम्मानित हुनेमा कालिका वडा नं. २ की तुलसी पौडेल , वडा नं. ३ की शेयर सदस्य गोमा गिरी, ड्रगनफ्रुट खेतीगर्ने कालिका वडा नं. ५ की शेयर सदस्य सबिना ढकाल रहेकी छन् ।

यस्तै १३ जना असल ऋणीलाई पनि सहकारीले सम्मान गरेको छ । असल ऋणी भएर सम्मानित हुनेमा कालिका वडा नं. ५ की उमाकुमारी भट्ट क्षेत्री, सरिता ठकुरी, हिराकुमारी भट्ट, वडा नं. ४ की गुन्जेश्वरी चौतरीया, दिपा बन सन्यासी, वडा नं. २ की कोपिला गुरुङ, सिता तमाङ, वडा नं. ३ की पुष्पा वाग्ले, वडा नं. २ की कर्णकुमारी नेपाल, वडा नं. १ की अनिशा बरुवाल श्रेष्ठ, वडा नं. ६ की सविना तिमिल्सिना, कोपिला कुमारी सापकोटा, र सतिदेवि कार्की रहेका छन् ।

यस्तै सहकारीले एकजना शारीरिक तथा अपाङ्ग शेयर सदस्यलाई पनि नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा अन्तरसमुह नं. ४ को समुह नं ८७ को नारायणी रिजालको श्रीमान सोमनाथ रिजाल रहेका छन् । उनलाई नगद ३ हजार सहित दोसल्ला ओढाएर सम्मानि गरिएको हो । यस्तै शेयर सदस्यको स्वर्गएवास पछि हकवालापतिहरुले शेयर सदस्य रहिरहने इच्छा गरेकाले पुन विवाह नगरी एकल विधुर पुरुषनै रहेर शेयर सदस्य बनेका दुईजनालाई पनि सहकारीले नगद सहित सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा कालिका २ का हेमलाल आचार्य र कालिका ५ का पदमप्रसाद पौडेल रहेका छन् ।

यस्तै ३ जना एकल कुमारी (अविवाहित महिला)लाईपनि सहकारीले नगद सहित सम्मान पत्रले सम्मान गरेको छ । सम्मानित हुनेमा कालिका २ की भिमकुमारी पौडेल, कालिका २ की नम्बु तमाङ र कालिका ५ की गोङरी चौधरी रहेका छन् । यिनीहरुलाई नगद १ हजार सहित दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको हो । यस्तै सहकारीले १० जना एकल महिलालाई नगद सहित खादा ओढाएर सम्मान गरेको छ । यस्तै १ जना जेष्ठ नागरिकलाई पनि सहकारीले सम्मान गरेको छ । यो पटक कालिका २ की मेनुका आचार्यलाई सम्मान गरिएको हो । उहाँलाई नगद १ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यस्तै बालबचतगर्ने २ जनालाई पनि सम्मान गरिएको छ । यस्तै एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने आफ्ना शेयर सदस्यका छोराछोरी मध्ये ३ जना विद्यार्थीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । भीमोदय माध्यमिक विद्यालयका छात्र दिवाकर घिमिरे, शमीपुर माध्यमिक विद्यालयका छात्रा सक्षम बोगटी, बिभिता रायमाझी र निजी विद्यालय तर्फ पदमपुर शिक्षा निकेतन इङ्लिस बोडिङ स्कुलका परमेश्वर महतो रहेका छन् । यिनीहरुलाई प्रति विद्यार्थी नगद १५ सय रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो ।
यस्तै यो वर्ष साना किसान उत्कृष्ठ सहकारी वर्ष व्यत्तित्व अन्तर्गत कालिका वडा नं. ३ का टिकाराज रिजाल सम्मानित भएका छन् । नगद ५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

महिलाहरुको सक्रियताले उर्जा मिल्छः नगर प्रमुख 
साना किसान कृषि सहकारी संस्थाको योगदान नगरक्षेत्रमा अतुलनिय रहेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्थाको आज आयोजित १४ औं साधरण सभालाई संवोधन गर्दै नगर प्रमुख रेग्मीले सम्बृद्ध नगर बनाउन साना किसान कृषि सहकारीले ठूलो योगदान दिएको बताउनुभयो । नगरपालिका भित्रका थुर्पै संस्थाहरु मध्ये यो सहकारीले बेग्लै परिचय बनाएको भन्दै साना किसान सहकारीको कामको प्रशंसागर्नूभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले आवश्यकताका आधारमा सहकारीलाई नगरपालिकाले सहयोगगर्दै गएको बताउनुभयो । सहकारीकै कारण नगरक्षेत्रभित्रका महिलाहरुको सक्रियाता बढेको उहाँको भनाई छ ।

सहकारीकी उपाध्यक्ष विष्णुमाया अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लोकराज चालिसे, वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, जिल्ला कृषि संघ चितवन संचालक सदस्य तेज प्रसाद बतौंला, साना किसान विकास लघुवित्त संस्था लि. शाखा कार्यालय हेटौडाका शाखा प्रमुख कृष्णकुमारी शर्मा, जिल्ला सहकारी संघ लि. चितवनको अध्यक्ष हरि प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष गोमा सिंखडाले आर्थिक वर्ष २०७९ ÷ ८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८० ÷८१ को कार्यक्रम र बजेट प्रस्तुतगर्नुभएको थियो ।

 

((०)))

Share:

सम्बन्धित समाचारहरु