भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट

भरतपुर, १० असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको १३ औँ नगर सभामा बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गरिएको बताए ।

आगामी आवमा आन्तरिक आय १ अर्ब ७५ करोड ९ घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत०, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार र जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यस्तै, अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखाङ्कनको प्रबन्ध गरिने उप प्रमुख अधिकारीले बताए ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट १ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

वडास्तरबाटै सम्पन्न हुने योजनाका लागि प्रत्येक वडाका लागि २ करोड ७५ लाखका दरले एकमुष्ट ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।–00–

Share:

सम्बन्धित समाचारहरु