सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, ७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ुहेर्दाहेर्दैु मा राखिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक खनालको एकल इजलासमा तोकिएको मुद्दाको पेशी ुहेर्दाहेर्दैु मा राखिएको हो।

मुद्दाकै कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टीममा लामिछाने परेपनि जानेरनजानेबारे टुंगो लागेको छैन।

गत असोज १ गतेका लागि पेसी तोकिए पनि अदालत प्रशासनले केही न्यायाधीशको सरुवा र केही बढुवा भएर जान लागेकाले मुद्दाको पेशी स्थगित भएको जनाएको थियो। लामिछानेमाथि काठमाडौंको गौशालास्थित एक होटलमा नाबालिका बलात्कार गरेको आरोप छ। यस अगाडि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दामा गौशाला(२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश दिएको थियो। सो कागजात प्राप्त भएकाले आजलाई पेशी तोकिएको हो। लामिछानेको मुद्दामा पटक पटक पेसी तोकिँदै आएपनि फैसला नभई सर्दै आएको छ।

यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। बाहिरबाट मुद्दा लड्न पाउने मा गर्दै लामिछाने जिल्ला अदालतको सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पछि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा रिहा भएपछि लामिछाने फेरि सर्वोच्च अदालत गएका थिए। धरौटी रकम धेरै लिएको र विदेश जान रोकेकाले त्यसको विरुद्धमा सर्वोच्च पुगेका थिए।

पछि सर्वोच्च अदालतले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो। त्यसपछि उनलाई अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि विदेश जान सहज भएको थियो। पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा लिएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु