तिलिचो तालमा छायांकन गरिएको पहिलो थारु म्यूजिक भिडियो ‘ए हजुर’ सार्वजनिकको तयारी

चितवन, ४ असोज । नेपालको सुन्दर ठाउँ तिलिचो तालमा छायाँकन गरिएको पहिलो थारु म्यूजिक भिडियो ए हजुर भोली सार्वजनिक हुँदैछ । थारु गीतसंगीत पनि व्यवसायिकतर्फ उन्मुख भइरहेका बेला फेरि एउटा गीतले चर्चा पाउन थालेका छन् । थुर्पै म्यूजिक भिडियो छायांक गरिसकेका निर्देशक हिरा चौधरीले यो गीतलाई निर्देशन गरेका छन् ।

दर्शकहरुलाई केही नयाँ दिने प्रयासगरेका छौं उनले भने । भोली ५ बजे गीत सार्वजनिकगर्ने तयारी छ । बी एण्ड जी इन्टरटेन्मेन्ट नेपाल नामको यूटुब च्यानलबाट गीत सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । तिलोचो ताल पुगेर टिमले निकै मेहनत गरेकाले त्यहिँ अनुसार दर्शकहरुको साथ र माया पाउने उनको विश्वास छ । निर्देशक चौधरीका अनुसार तिलिचो ताल पुग्न मात्रै तीनदिन लाग्यो । त्यहाँ दुईदिन सुट गरेपछि फर्किन फेरि तीन दिन लाग्यो । गीतमा तिलिचो ताल क्षेत्रमा मात्रै नभई मनाङको दृष्यपनि देख्न पाइन्छ । बेसक्याम्प, माथिल्लो मनाङ, हुम्दी, ढुकुर पोखरी, ग्रिनलेक, ताल गाउँ लगाएतका ठाउँ पुगेर भिडियो तयार पारिएको छ ।

एउटा गीतमा यति धेरै लोकेसन देख्न पाइनेगरी म्यूजिक भिडियो तयार भएकाले धेरैले गीतलाई मन पराउने निर्माण पक्षको विश्वास छ । योे म्यूजिक भिडियो तयार पार्न ६ लाख रुपैयाँ खर्च गरिएको छ । म्यूजिक भिडियोको सम्पादनको काम समेत सकिएको छ ।
रविन चौधरी र समिक्षा चौधरीको आवाज रहेको गीतमा मनोज चौधरी र नेहा चौधरीले अभिनय गरेका छन् ।

रोहित सिंह चौधरीको म्यूजिक रेहको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका छन् । जि म्यूजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई म्याडम्याक्स (विक्रम)ले छायांकन गरेका छन् । हिरा चौधरीले निर्देशन गरेको म्यूजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा कलरिङ गरेका छन् ।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु