आजदेखि वीणा उल्कावर्षा हुने,वैशाख ९ गते नेपाली आकाशमा देखिने

बैशाख ५ काठमाडौं । आजदेखि वीणा उल्कावर्षा हुने भएको छ।

वैशाख ५ गते देखि १२ गतेसम्म वीणा उल्कावर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । यो उल्कावर्षा आजदेखि हुने भएपनि वैशाख ९ गते राति भने सक्रिय हुनेछ।वैशाख ९ गते राति नेपाली आकाशमा उल्कावर्षाको रमाइलो दृश्य देख्न सकिने उनले बताएका छन् ।

यो उल्कावर्षालाई अंग्रेजीमा लाइरिड मिटियोर सावर भनिन्छ। उल्कावर्षाको अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने भट्टराईले बताए। उनका अनुसार थ्याचर नामक पुच्छ्रेताराले छोडेका धूलोका कणहरू पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हँदा यो उल्कावर्षा देखिन्छ।

थ्याचर पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँछ। ‘पुच्छ्रेतारा वा धुमकेतुहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलोका कणहरू छोड्ने गर्छन् जुन लाखौं किलोमीटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धूलोका कणहरूले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ,’ उनले भने, ‘परिक्रमा गर्ने क्रममा जब यी धूलोका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु