चितवन ,४ कात्तिक
चितवनको भरतपुर महानगरपालिका–१० भाटभटेनी छेउको कुलो (खोल्सा)मा एक पुरुषको शव फेला परेको छ ।
स्थानीय ४५ वर्षीय प्रकाश आले मगर खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव भेटिएको खबर लगत्तै पुगेको प्रहरीले मुचुल्का उठाएको छ भने शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल शव गृहमा लगिएको छ ।
प्रहरीले घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।


