मध्यराति बिरामीको उपचार गरिरहेका अहेब स्वास्थ्यचौकीमै कुटिए

कञ्चनपुर, ३ असोज । कञ्चनपुको दक्षिणी क्षेत्र अन्तर्गत पर्ने श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र प्रसाद गैरेमाथि मंगलबार मध्यराति ड्युटीमा खटिएको बेला हातपात गरिएको हो।

बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब गैरेमाथि बेलौरी नगरपालिका–३ गोकुलपुरका रामु भनिने रामबहादुर खड्काले हातपात गरेका हुन्।

अहेब गैरेमाथि मध्यराति हातपात भएको भिडिओ अहिले सामाजिक सञ्जालमा छ्याप छ्याप्ती छ। भिडिओमा बिरामी बेडमा पल्टिरहेका छन्। रामबहादुरसहित केही युवाहरू आएर अहेब गैरेलाई औँला देखाउँदै धम्क्याएको देखिन्छ।

 

केही समयपछि रामबहादुरले नरेन्द्रको घाँटी समातेर धकेलेको भिडिओमा देखिन्छ। हातपात हुँदा एक जना प्रहरी पनि त्यहाँ देखिएका छन्। हातपातको घटनापछि प्रहरी हवल्दारले थप प्रहरीलाई बोलाएका थिए। त्यतिञ्जेलसम्म रामबहादुर स्वास्थ्य केन्द्रबाट भागिसकेको अहेब गैरे बताए। उनका अनुसार मंगलबार मध्यराति रामबहादुरका नाता पर्ने एक जना मापसे सेवन गरेर लडेर उपचारको लागि स्वास्थ्य केन्द्र आएका थिए।

उनको निधारमा चोट लागेको थियो। टाँका लगाउनु पर्ने थियो। दुईरतीन दिन लगातार बिदा हुनाले धागो सकिएको थियो। मध्यराति स्टोर बन्द भइसकेको हुनाले गैरे आफैंले पैसा दिएर बाहिरबाट धागो मगाएर बिरामीलाई टाँका लगाइरहेका थिए।

सोही समयमा मापसे गरेर आएका रामबहादुरले आफूमाथि हातपात गर्दै दुव्र्यवहार गरेको अहेब गैरेले बताए। ‘टाँका लगाउँदा एक्कासी आएर हातपात गरे, किन धागो नभएको, धागो छैन भने राजीनामा दे, किन काम गरिराछस् भन्दै गालीगलौज गरे,’ उनले भने, ‘के गर्न सक्छस् भन्दै पटक पटक हातपात भयो।’

 

ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात भएको घटनामा प्रहरी प्रशासन मूकदर्शक बनेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द्र बिष्ट बताउँछन्। ‘राति नै खबर गर्दा पनि प्रहरीले केही चासो देखाएन, अर्को दिन बिहान प्रहरी कार्यालय जाँदा तपाईंलाई त्यसै पिट्छरु त्यसै त पिटेन होलारु भनेर उल्टै पीडा थप्ने काम गर्यो,’ उनले भने। स्वास्थ्यकर्मीमाथि हातपात घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कानूनी दायरामा ल्याउनु पर्ने उनको माग छ। दोषी उपर कारबाही नभए भोलिदेखि स्वास्थ्य केन्द्रको आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्।

Share:

सम्बन्धित समाचारहरु