चितवन, २ असोज । थारु समुदायको छाता संस्था थारु कल्याणकारिणी सभा चितवनको १३ औं जिल्ला अधिवेशन असोज ५ गतेदेखि भरतपुरमा हुनेभएको छ । भरतपुर स्थित रोज गार्डेन पार्टी प्यालेसमा अधिवेशनगर्ने निर्णय भएको थारु कल्याणकारिणी सभाका जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो ।
थाकसले चितवनलाई १० वटा क्षेत्रमा विभाजन गरेको छ । यसअघि दशवटै क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । अधिवेशनमा १ सय ९ जना प्रतिनिधि र १ सयबढी पर्यवेक्षक सहित २ सयबढी सहभागीहुनेछन् । दुईदिन सम्म चल्ने अधिवेशनले ११ देखि २१ सदस्यीय नयाँ नेतृत्व सहित कार्य समिति चयनगर्ने छ ।
अधिवेशनको उद्घाटनको दिन थारुहरुको छात्रबास निर्माण देखि भौतिक पूर्वाधार निर्माणमा योगदान दिनुहुने सांसदहरुलाई सम्मानगर्ने कार्यक्रम छ । यो पटक सम्मानित हुनेहरुमा पूर्व सांसद रुक्मिणी थारु(चौधरी), पूर्व वागमती प्रदेश मन्त्री विजय सुवेदी, यस्तै पूर्व मन्त्री एवम चितवन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विक्रम पाण्डे र पूर्व वागमती प्रदेश सांसद रामलाल महतो रहेका छन् । रुक्मिणी थारु र विजय सुवेदीले थारु छात्रवास निर्माणमा योगदान दिएका थिए । यस्तै विक्रम पाण्डेले निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत थारु समुदायमा योगदान दिएका छन् । रामलाल महतोको पनि थारु समुदायमा प्रशंसनीय योगदान छ ।
यस्तै शिक्षण संस्थाको प्रमुख पदमा रहेर कामगर्ने चितवनका पाँचजना थारुहरुलाई चितवन थारु रत्नकदर पत्रले सम्मानगर्ने तयारी छ । सम्मानित हुनेहरुमा सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरका पूर्व क्याम्पस प्रमुख सोमराज महतो, इन्टरनेशनल कलेज खैरहनीका पूर्व क्याम्पस प्रमुख झगरु महतो, सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मणीराज महतो, भुवानी शंकर बहुमुखी क्याम्पस खैरहनीका दीपेन्द्र चौधरी र उमावडी शेरचन कलेज दिव्यनगरका सूर्यनारायण महतो रहेका छन् ।
यस्तै सोही पुरस्कारवाट संस्थाका दुईजना कानुनी सल्लाहकारलाई पनि सम्मानगर्ने कार्यक्रम छ । सम्मानितहुनेहरुमा पूर्व न्यायधिश नन्दलाल महतो, अधिवक्ता शिवराम महतो रहेका छन् । यस्तै चितवन थारु रत्नकदर पत्रले डा. गौरीराम महतोलाई पनि सम्मानगर्ने कार्यक्रम छ । यस्तै दुईजना पत्रकारलाई पनि सोही पुरस्कारवाट सम्मानगर्ने तयारी रहेको थाकस चितवनका जिल्ला सभापति चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कान्तिपुर दैनिकमा कार्यरत्त रमेश कुमार पौडेल र सङ्हाती पत्रिकाका सम्पादक एवम थारु पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष कारी महतो रहेका छन् ।
यस्तै ब्लडबैंक भरतपुरमा कार्यरत्त सुरेन्द्र प्रसाद महतोलाई पनि सम्मान गर्ने कार्यक्रम छ । महतोले ब्लडबैंक भरतपुरमा रहेर धेरै थारु समुदायका विरामीलाई सहयोग गर्दै आएका छन् । यस्तै थारु कल्याणकारिणी सभा चितवनको जिल्ला कार्य समितिमा रहेका ३ जना जो स्थानीय निर्वाचनमा निर्वाचित भएर विभिन्न जिम्मेवारीमा रहनुभएकाहरुलाई पनि कदरपत्रले सम्मानगर्ने कार्यक्रम छ ।
यसरी कदर पत्रले सम्मानितहुन हुनेहरुमा थाकसको जिल्ला उप सभापति चन्द्रविक्रम चौधरी हाल खैरहनी नगरपालिकाको वडा नं. १० को वडा अध्यक्ष हुनुहुन्छ । यस्तै थाकसको जिल्ला कोषाध्यक्ष सविता चौधरी रहेकी छन् । उहाँ हाल जिल्ला सम्मन्वय समिति सदस्यमा हुनुहुन्छ । यस्तै थाकस जिल्ला सदस्य वीरेन्द्र महतो हुनुहुन्छ । उहाँ रत्ननगरको वडा नं. ६ का वडा सदस्य हुनुहुन्छ ।
उद्घाटन कस्लेगर्ने भन्ने विषयमा निर्णय भई नसकेको जिल्ला सभापति ललितकुमार चौधरीले बताउनुभयो ।–00–


