कालिका, २ असोज । चितवनको कालिका नगरपालिकाले सरसफाईसँगै विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
भदौं २९ गते बसेको कार्यपालिकाको बैठकले नगरक्षेत्रभित्रका प्रत्येक वडा कार्यालय, सरकारी एवम गैरसरकारी कार्यालय, वित्तिय संघ संस्था, टोल विकास संस्था, आमा समुह र अन्य विभिन्न संघ संस्थाहरुलाई आ -आफ्नो कार्यालय परिसरमा सरसफाईगर्ने निर्णय गरेको छ । नगरलाई सुन्दर र सरसफाईयुक्त बनाउने उद्देश्यले प्रत्येक टोल विकास संस्थाहरुलाई आ -आफ्नो टोल तथा चोकहरुमा सरसफाईगर्ने भनिएको छ । भोली साँझ नगरपालिकाको परिसरमा दिवापली गरी संविधान दिवस मनाउने समेत कार्यपालिकाले जनाएको छ ।
असोज २ गतेदेखिनै कालिका नगरपालिका क्षेत्रमा सरसफाई अभियान भइरहेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार २ गतेदेखि नगरक्षेत्रभित्रका सरकारी कार्यालयदेखि विभिन्न गैरसकारी संघ संस्था लगायत स्थानीय टोल विकास संस्थाहरुले आ- आफ्नो ठाउँमा सरसफाई गरिरहेका छन् । भोली अपरान्ह ५ बजे नगरपालिकाको परिसरमा हुने दिपावली कार्यक्रममा सहभागी हुन नगर प्रमुख रेग्मी सबै नगरबासीलाई आग्रह समेत गर्नुभयो ।–00–


