चितवन, २६ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको निरीक्षण गरेका छन्। अस्पताल निरीक्षणका क्रममा मन्त्री बस्नेतले पूर्वाधार सेवा लगायतका विषयमा चासो राखेका थिए।
उनले अस्पतालका सेवा सुविधाबारे बिरामीहरूलाई जिज्ञासासमेत राखेका थिए। सो क्रममा मन्त्री बस्नेतले देशकै केन्द्र भागमा पर्ने भरतपुर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिए। मन्त्री बस्नेतले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था सर्वसाधारणलाई सहज हुने गरी व्यवस्थित गर्न निर्देशन दिए भने अस्पतालमा रहेका बेड र आइसीयु बेड खाली भए नभएको जानकारी वेवसाइटमा राख्नसमेत उनले निर्देशन दिए।
अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरूमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न भरतपुर अस्पतालको नेतृत्वलाई उनले निर्देशन दिए। मन्त्री बस्नेतले न्यू आइसीयु तथा सीसीयु र पीआइसीयुको उद्घाटनसमेत गरे।
उनले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका थिए।




–0–


