नेपाल र भारतको क्रिकेट हेर्न रबि लामिछाने श्रीलंका प्रस्थान

काठमाण्डौैं, १७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका प्रस्थान गरेका छन् ।

नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने, नारी टिभीका प्रबन्ध निर्देशक निकिता पौडेल लामिछाने र रास्वपाका केन्द्रिय सदस्य दिपक बोहोरा आज श्रीलंका प्रस्थान गरेका हुन्। एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

 

नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो । नेपालकै समूहका भारत र पाकिस्तानबीचको खेल भने शनिबार राति वर्षाका कारण रद्ध भएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु