डोल्पाको ब्यारेकबाट मेजर बेपत्ता, खोजीमा खटियो डीएसपी नेतृत्वको टोली

काठमाडौं, ११ भदौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।

 

‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआएको खबर भएपछि खोजीमा टोली परिचालन गरेका छौं’ उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’–00–

 

Share:

सम्बन्धित समाचारहरु