रत्ननगर,४ भदौ । सामाजिक रुपान्तरण अभियान नेपालको अध्यक्षमा रिता काप्री चयन भएकी छन् । पूर्वी चितवनको रत्ननगरमा रहेको संस्थाको प्रथम साधारण सभा तथा अधिवेशनले काप्रीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा संगिता उप्रेती, सचिवमा अनिता अर्याल, कोषाध्यक्षमा शर्मिला सिंखडा चयन भएका छन् । समितिको सदस्यहरुमा मिना ढकाल, विपना ढकाल र सरस्वती चालीसे चयन भएका छन् ।
रत्ननगर वडा नम्बर १ का वडाध्यक्ष एवंम नगर प्रवक्ता कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सचिव पदमराज सापकोटा एवं संस्थामा आवद्ध सदस्यहरुको उपस्थिती रहेको थियो । –00–


