रत्ननगर, ३२ साउन । रत्ननगर उद्योग वाणिज्य संघले बुधबार टिकौलीमा भएको सवारी दुर्घटनाको दोषीलाई कार्वाहीको माग गरेको छ ।
संघले विज्ञप्ती जारी गरी घटनामा घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पिडित पक्षलाई आवश्यक राहत र क्षतीपूर्ति उपलब्ध गराउन तथा दोषीलाई कारवाही गर्न माग गरेको हो ।
संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता घटनाहरु पुनः दोहोरीन नदिन सचेत रहन सरोकारवाला निकायसंग अपिल समेत गरिएको छ ।
गैडाकोटको अक्सफोर्ड कलेजको बसले बुधबार टिकौली जंगलमा सात वटा सवारी साधनलाई ठक्कर दिंदा २० जना घाइते भएका हुन्। बसले लास बोकेको बोलेरोसहित सात वटा सवारीलाई ठक्कर दिएको थियो । घाइते मध्य एकजनाको काठमाण्डौ र बाँकी घाइतेको भरतपुरमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।



