दुर्घटनामा घाइते २० जनाको उपचारको जिम्मा अक्सफोर्डले लिने

गैडाकोट, ३२ साउन । टिकौली जंगलमा हिजो भएको बसको ठक्करबाट घाइते भएका २० जनाको उपचारको जिम्मा अक्सफोर्ड कलेजले लिने भएको छ । गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले एक विज्ञप्ति जारी गर्दै कलेज प्रशासन घाइतेहरुको उपचारको लागि प्रतिबद्ध रहेको जनाएको हो ।

हिजो दिउँसो करिब ११ः४० बजेको समयमा रत्नननगरतर्फ जाँद गरेको कलेजको ना १ क ६१३१ नम्बरको बसले टिकौली जंगलमा लास बोकेको बलेरो, मोटरसाइकल र स्कुटरहरुलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनाप्रति कलेज प्रशासन मर्माहित भएको विज्ञप्तिमा उल्लेख छ ।

Share:

सम्बन्धित समाचारहरु