वैशाख २ काठमाडौँ । स्वयम्भूमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
स्वयम्भूको भगवान पाउ नजिक जंगलमा २५/२६ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवकको अनुहारमा चोट लागेको छ।
प्रहरीलाई आज (शुक्रबार) बिहान सात बजेतिर खबर भएको थियो। खबर पुग्नासाथ कुकुरसहितको प्रहरी घटनास्थल गएको थियो।
मृतकको पहिचान खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनाली जानकारी दिए। महानगरीय अपराध महाशाखाको फरेन्सिक टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।