स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने बारे राप्तीका नगरप्रमुख लामा र बीमा अभिकर्ताबीच छलफल

राप्ती, ३२ साउन । राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाले बीमा अभिकर्तालाई जनतासँग सहजीकरण गर्न निर्देशन दिएका छन् । राप्तीमानै स्वास्थ्य बीमा  लागु हुनेभएपछि  प्रभावकारी सेवाका लागि जनता जनतासँग घुलमिल भएर कामगर्न निर्देशन दिएका हुन ।

विहीवार अभिकर्तासँगको बैठकमा नगर प्रमुख लामाले भने – ‘घरघरमा गएर नगरबासीको स्वासथ्य वीमा अभियानमा जुट्न सघाउनुस ।

वीमा बारे नगरबासीहरुले जानकारी पाउन सकुन भन्ने हिसावले प्रस्तुत हुन अभिकर्ताहरुलाई नगरप्रमुखले सुझाव दिए । नगरबासीलाई स्वास्थ्य क्षेत्रमा सहज बनाउन भदौं महिनादेखि भण्डारा अस्पतालमा स्वास्थ्य वीमा सुरु हुने नगर प्रमुख लामाले जानकारी दिए । भण्डारा अस्पतालमा स्वास्थ्य बीमा सुरु भएपछि खैरहनी र रत्ननगर सेवा लिन जान पर्दैन ।

राप्ती नगरपालिकाले प्रत्येक वडा वडाबाट निशुल्क बीमागर्ने व्यवस्थापन मिलाएको छ । मेयर लामाको यो अभियानले नगरक्षेत्र अन्तर्गत पहाडी क्षेत्रका स्थानीयसँगै तल्लो भगेका वडाबासीहरु लाभान्वित हुनेछन् । राप्ती नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । निःशुल्क शिक्षा यसै वर्षदेखि लागू गरेको यो नगरपालिकाले केही समयअघि भण्डारा अस्पतालको स्तरोन्नति गर्दै ओपीडी भवन सञ्चालनमा ल्याएको थियो । बिरामीको सहजतालाई मध्यनजर गर्दै बिरामी हुँदा उपचारमा लाग्ने रगतको खर्चसमेत नगरपालिकाले उपलब्ध गराउने गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवन, रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरिसकेको छ ।

बैठकमा सहभागि बीमा अभिकर्ता सुभद्रा चौधरीले बीमागर्न जाँदा आफुले पाएको प्रतिकृया बारे जानकारी गराएकी थिइन । बैठकमा राप्ती नगरपालिका वडा नं ७ की अध्यक्ष सुमिता डल्लाकोटी, वडा नं १३ का अध्यक्ष अशोककुमार प्रजा , राप्ती नगर प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपाने लगायतकाको उपस्थिती रहेको थियो । शाखाका उपप्रमुख राममणी सिलवालले सहजीकरण गरेका कार्यक्रममा शाखा प्रमुख सुरेश न्यौपानेले स्वास्थ्य बीमा वारेमा प्रकाश पारेका थिए । –00–

Share:

सम्बन्धित समाचारहरु