काठमाण्डौ, २८ साउन
लगातार भैरहेको बर्षाको कारणले तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।
पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । त्यस्तै तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको र अन्तर्राष्ट्रिय उडानमा कुनै प्रभाब नपरेको समेत जनाईएकोछ ।


