कालिका नगरपालिकामा आजदेखि लम्पी स्किन विरुद्धको भ्याक्सिन अभियान सुरु

कालिका, २५ साउन । चितवनको कालिका नगरपालिकामा आजदेखि लम्पी स्किन विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । लम्पी स्किन रोगका कारण पशुहरु मर्न थालेपछि नगरपालिकाले आजदेखि किसानको गोठगोठमा प्राविधिक सहितको टोली पुगेर भ्याक्सिन लगाउन सुरु गरिएको हो । वडा नं. १ देखि वडा नं. ११ सम्मनै पुग्ने लक्ष्य लिएर प्राविधिक टोली परिचालन गरिएको कालिका नगरपालिकाको पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

वडा नं. १ स्थ्ति थिड्ड गाई फर्मबाट प्राविधिकहरुले भ्याक्सिन लगाउन सुरु गरेका हुन । त्यस अघि पशु सेवा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि लम्पी स्किन रोग विरुद्ध खोप अभियानको सुभारम्भ गरिएको थियो । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले लम्पी स्किन रोग विरुद्धको खोप लगाउने कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने जानकारी बताउनुभयो । पशुहरुको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

लम्पी स्किनसँगै पशुहरुमा लाग्ने नाम्लेजुका लगायतका रोगहरुको औषधीदेखि प्राविधिक टोली परिचालन गर्न नगरपालिकाले बजेट विनियोजन गरेको प्रष्टपार्नुभयो । किसानहरुको गोठगोठमै पुगेर सेवा दिन प्राविधिकहरुलाई निर्देशन दिनुभयो । किसानहरुले गरेको फोन उठाउन, किसानहरुको समस्या सुनेर सेवा दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले नगरपालिकालाई दुग्धमा आत्मनिर्भर बनाउन लागि परेको जानकारी दिनुभयो ।

कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. कालिका ६ का अध्यक्ष लक्ष्मी नारायण चौलागाईले नगरपालिकाको यो अभियान स्वागत योग्य रहेको बताउनुभयो । प्राविधिक टोलीलाई प्रत्येक किसानाहरुको गोठगोठमा लैजान सहकारीले सहयोगगर्ने बताउनुभयो ।

भेटनेरी अस्पतालले कालिका नगरपालिकालाई ९ सय डोज खोप सहयोग पठाएको छ । नगर क्षेत्रभित्र ८ हजार भन्दामाथी ठूलापशुहरु छन् । सहयोग प्राप्त खोपले अपुगहुने भएपछि नगरपालिका आफैले थप ६ हजार खोप व्यवस्थापन गरेको छ । कुनैपनि पशुहरु नछुटोस भनेर अभियानकै रुपमा भ्याक्सिन बोकेर प्राविधिक परिचालन गरिएको कालिका नगरपालिकाको उपप्रमुख विमला तमाङले बताउनुभयो ।

आर्थिक समिति संयोजक दीपक सिंह परियारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कार्यपालिका सदस्यहरु, सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।

Share:

सम्बन्धित समाचारहरु