अर्घाखाँचीमा मिनीबस दुर्घटना, दुईको मृत्यु, २० भन्दा बढी घाइते

रुपन्देही । बुटवलबाट गुल्मीको पुर्कोट दहतर्फ जाँदै गरेको मिनी बस अर्घाखाँचीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लु १ ज ४७२३ नम्बरको फोर्स गाडी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घा टारीमा सोमबार राति करिब दुई बजे दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डमा भएको उक्त दुर्घटनामा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ। एकजनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने बाँकी घाइतेहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मिनीबस टारीको उकालो घुम्तीबाट करिब २० मिटर तल खसेको थियो। सन्धिखर्कस्थित लङ्का यातायात प्रा.लि.को गाडीमा दुर्घटनाको बेला करिब २५ जना यात्रु सवार रहेका थिए।—00—

Share:

सम्बन्धित समाचारहरु