६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। शुक्रबार राति शीतल निवासमा आयोजित विशेष समारोहमा उनले मुलुकको ४२ औं प्रधानमन्त्रीका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै, जेन–जेड आन्दोलनको माग सम्बोधन स्वरूप कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको र आगामी ६ महिनाभित्र (फागुनसम्म) प्रतिनिधि सभा निर्वाचन गराइने जानकारी दिएको छ।

शपथ पछि कार्की आजै सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछिन्। त्यस्तै, आजै मन्त्रिपरिषदको बैठक बस्ने तयारी छ, जसले प्रतिनिधि सभा विघटन गर्ने निर्णय लिनेछ। हालका लागि सबै मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहने गरी मन्त्रिपरिषद गठन गरिएको स्रोतले जनाएको छ।–00—

Share:

सम्बन्धित समाचारहरु