रामपुर इन्जिनियरिङ क्याम्पसमा कस्ले लगायो आगो ?

संगीता आचार्य –

चितवन, ४ चैत्र । रामपुर इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनमा आज दिउँसो आगलागी भएको छ । क्यापससँगै रहेको सिसौको झाँडीवाट आगो सल्किएको थियो । सिसौको सुकेको पातपतिंगरका कारण आगो निकै फैलियो । रामपुर इन्जिनियरिङ क्याप्सवाट सुरु भएको आगो राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर सम्म पुगेपछि कर्मचारीहरुले देखे । दिउँसो साढे १२ बजेदेखि आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगो सल्किनेक्रम बढेदै गएपछि मकैबाली अनुसन्धान कार्यक्रमका कर्मचारीहरुले आगो नियन्त्रणका लागि प्रहरी र बारुणयन्त्रलाई खबर गरे ।

सशस्त्र प्रहरी जवानहरु, नेपाल प्रहरीसँगै भरतपुर महानगरबाट दुईवटा गएको दुईवटा बारुणयन्त्रले ३ बजे मात्रै आगो नियन्त्रणमा लिन सफल भयो । आगो कस्ले लगायो कसैलाई जानकारी छैन । गतवर्षपनि सोहीठाउँमा आगलागी भएको थियो । बेलैमा कर्मचारीहरुले आगलागी भएको नदेखेको भए ठूलो धनजनको क्षति हुन सक्ने डर थियो । नजिकै रहेको कार्यालयहरुमा आगा फैलिन सक्ने सम्भावना रहेको वरिष्ठ बैज्ञानिक(एस ४) भिमनाथ अधिकारीले बताउनुभयो ।

गर्मीको बेला धेरै आगलागीहुने डर हुन्छ । यस्तो बेला सबैजना सचेत हुन आवश्यक रहेको उहाँको भनाई छ ।–00—

Share:

सम्बन्धित समाचारहरु