क्रिकेट संघ चितवनको जिल्ला अधिवेशनमा बाहिरी जिल्लाको हावी भएको गुनासो

चितवन, २३ साउन । क्रिकेट संघ चितवनको जिल्ला अधिवेशनमा बाहिरी जिल्लाका खेलाडीहरुको हावी हुँदै गएको भन्दै केही खेलाडीहरुले आपत्ति जनाएका छन् । जिल्ला क्रिकेट संघ चितवनको आज बार्षिक साधरण सभा तथा तेश्रो अधिवेशन नारायणगढ स्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजना हुँदैछ । जिल्ला अधिवेशन विथोल्ने योजनाले बाहिरी जिल्लाबाट केही खेलाडीहरु चितवन आएका छन् स्रोतले भन्यो ।

जिल्ला अधिवेशनलाई अतिरञ्जीत बनाई संसदीय चुनावशैलीमा भोट किनबेच भइरहेको एकजना पूर्व खेलाडीले सेतोनेपाललाई जानकारी दियो । चितवनको जिल्ला अधिवेशनमा बाहिरी जिल्लाको हावी भएको छ । स्रोतले दावी गरे अनुसार जिल्लाको चुनाव विथोल्न तीनचारदिन देखि बाहिरी जिल्लाका केही युवाहरु नारायणगढमा आश्रय लिएरनै बसेका छन् ।

चुनावको तयारीमा रहेका पूर्व खेलाडी सहित १२ जनालाई अपहरणशैलीमा सौराहा लगेर राखेका स्रोतले बतायो । खेलाडीहरुलाई आर्थिक प्रलोभन दिएको आरोप छ ।

चितवनमा ४७ जनाले मताधिकार पाएका छन् । यस अघि १५ सदस्यीय कार्य समिति थियो । अहिले १० बजेभित्र उम्मेदवारी दर्ता गरिसक्ने सेडुल रहेको जिल्ला क्रिकेट संघका सचिव उमेश पियाले जानकारी दिनुभयो । तर कार्यक्रम स्थलवरिपरी खेलाडीहरुको उपस्थिती कम देखिएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु