बैशाख १० गते क्यालेन्डरसँगै मूलुकको मुहार फेरिन्छ – रवि लामिछाने

कालिका । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो पटकपनि जनताले आफूलाई भारी मत दिएर संसद भित्र पठाउने बताएका छन् । चुनावी अभियानको क्रममा पदमपुर पुगेका सभापति लामिछानेले हाइस्कुल रोडमा आयोजना गरिएको सभालाई संवोधन गर्दै जनताले आफुलाई न्याय दिने बताए ।

यो बैशाख १० गते क्यालेन्डरसँगै मूलुकको मुहारपनि फेरिने उनले दावी गरे । मुलुक परिवर्तनको लागि यो जनाउ घण्टी हो उनले भने अघिल्लो पटक भन्दा बढी मत ल्याउन सक्यौं भने नयाँ युग सुरु भयो भन्ने उदाहरण दिन सक्छौं ।

सभापति लामिछानेले भने – चितवनले हतियार बोकेको होइन, हातमा फुल बोकेको हो । अनुहारमा आक्रोष बोकेको होइन, ओठमा मुस्कान बोकेको हो । फुल र मुस्कानको क्रान्तिलाई कसैको तागतले रोकेर राक्न सक्दैन ।

संवोधनको क्रममा उनले भने यो ठाउँमा अस्ति भखरै आए जस्तो लाग्छ यहाँ । अलिकति फरक परेको छ । यहाँहरु सबैले थाह पाउनुभएको छ । कतिपय कुरा भन्नै पर्दैन । पछिल्लो परिस्थितीबारे सबैले बुझेका छन् । यो पटक फेरि एकपटक यहाँहरुको बीचमा आएकोछु । यहाँहरुको साथ र सहयोगले पहिला भन्दा थप मतका साथ संसद छिर्नेछु र भ्रष्टचारका फाइलहरु खोल्नेछु ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु