चितवन, ११ जेठ । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति एवम चितवन क्षेत्र नं. २ बाट निर्वाचित सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्यगर्दै अगाडी बढ्ने बताएका छन् ।
समय र परिस्थितीले यो पटक योजना बनाउन नसकेपनि आगामी दिनमा स्थानीय जनप्रतिनिधिहरुसँग सरसल्लाह गरेरनै योजना बनाएर अगाडी बढ्ने बताएका हुन । भरतपुरमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले यो वर्षलाई योजनाको वर्षको रुपमा लिएको बताए ।
पहिलो पटक निर्वाचित भए लगतै कामगर्ने योजना भएपनि आफ्नो सांसद पदनै रहेन उनले भने, पदिय जिम्मेवारी नभएको कारणले मैले योजना बनाउने अधिकार पाइन । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आगामी दिनमा स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य गर्न सकिने र भएका कुराहरुमा पनि सहकार्य गरेर अगाडी बढ्न सकिने स्पष्ट पारे ।
सांसद पद नरहेपछि फेरि उपनिर्वाचनमा भयो, र यो बीचमा आफुले योजना बनाउने समयनै नपाएको लामिछानेले बताए । आगामीवर्षहरुमा आगामी दिनहरुमा सबैसँग सहकार्य गरेर अगाडी बढ्छौं । त्यसमा कुनै शंका छैन उनले थपे । –00–

