भदौ ३१, चितवन
पर्यटकिय नगरी सौराहाको हात्ती चोकमा शुक्रवार डठकट खाने कार्यक्रम गरिएको छ । ओदरा महिला समुहले आयोजना गरेको कार्यक्रममा थारु दिदी बहिनीहरुका साथै कार्यक्रम उपस्थित अतिथी र पर्यटकहरु झम्टा पारेर रमाइलो गरेका थिए ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा न ६ का वडा अध्यक्ष किरण महतो प्रमुख अतिथि रहनुभएको थियो । उहाँले नेपालकै तेस्रो पर्यटकिय गन्तब्य सौराहामा आउने अधिकिान्स पर्यटकरु थारु संस्कृतिक नाच हेर्न आउने गर्दछन । यस्ता संस्कृतिको संरक्षण गर्नु सवैको दायित्व रहेको बताउनु भयो । हरेक बर्ष फुडफेस्टीवल र हात्ती महोत्सव हुने गर्दछ, यस्ता महोत्सवले सस्कृति बेच्ने मात्र हैन अवको दिनमा सस्कृति संरक्षणको लागि आवश्यक रकम छुट्टयाउनको लागि सम्वन्धि संस्थालाई आग्रह गर्नु भयो ।
जितेन्द्र चौधरीले संचालनको गरेको कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य बबिता चौधरी, क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई, रेवान सौराहा पूर्व अध्यक्ष गोकर्ण गिरी, थारु कल्याणकारी क्षेत्र न ७ का सल्लाहाकार सुधन महतो, पञ्चतारा बचत तथा ऋण सहकारीका अध्यक्ष सानुमाया तमाङ, मृगकुञ्ज बचत तथा ऋण सहकारीका अध्यक्ष चन्द्रिका ढकाल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
समुहका अध्यक्ष बयिया महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा विभिन्न थारु गितमा नृत्य प्रस्तुति रहेको थियो ।
अर्को वर्ष जितियामा सार्वजनिक विदा-प्रमुख विनोद रेग्मी
यसैबीच कालिकाको पदमपुरमा पनि जितीया विशेष कार्यक्रम आयोजना गरिएको छ । थारू कल्याणकारी सभा चितवन क्षेत्र नं ९ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले जितीया पर्वमा अर्को वर्षदेखि नगरपालिकाले सार्वजनिक विदा दिने प्रतिवद्वता जनाउनुभयो । आफुले जितीया लगायत सबै चाडपर्वलाई प्राथमिकता राखेको भन्दै जितीयाको शुभकामना दिनुभयो । कार्यक्रममा कालिका नगरपालिका भित्र बसोवासगर्ने सबै वडाका थारू चेलीहरूले झमटासंगै ठकरा खेल्दै रमाइलो गरेका थिए । गायक रोहित सिंह चौधरी, धिरज चौधरी, फिलिप चौधरी, मायरा चौधरी लगायतले गीत गाए । कार्यक्रम क्षेत्रीय सभापति सन्तकुमार चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियोे ।
सिसुवारमा पनि डठकट खाने कार्यक्रम
सिसुवारमा पनि डठकट खाने कार्यक्रम आयोजना गरिएको छ। सिसुवार प्याराडाइज टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रमा बोल्दै रत्ननगर नगरपालिका वडा न ७ का वडा अध्यक्ष सजना महतोले जितिया पर्वले शुभकामना दिदै महिलाहरु एकता बद्ध भएमा मात्र गाउ समाजको विकास हुने बताउनु भयो । कार्यक्रममा र न पा ७ का वडा सदस्य सुर्य बहादुर तमाङले महिला दिदी बहिनीहरुलाई जितियाको शुभकामना दिनुभयो । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष सितराम चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।