चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा यसरी हुँदैछ कडा प्रतिस्पर्धा,को को छन त चुनावी मैदानमा ??

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन क्षेत्र नं. २ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ।

 

बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। विज्ञप्तिमा चितवन निर्वाचन क्षेत्र नम्बर २ रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरिएको उल्लेख छ। तनहुँ १ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ। त्यस्तै बारा २ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।

 

रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न चैत १७ गते बिहान ११ बजेसम्मको समय दिएको छ।

 

यता नेपाली काँग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस चितवनका पूर्व जिल्ला सभापति समेत रहेका श्रेष्ठ र रवि लामिछानेबीच चुनावमा प्रतिस्पर्धा हुने पक्का भएको छ । यता नेकपा एमालेले भने शनिवार सम्म उम्मेदवार टुगो लगाउने तयारीमा जुटेको छ ।

 

नेकपा एमालेले पनि यो पटक चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा बलियो उम्मेदवार उठाउने तयारी गरेको छ । एमालले राम प्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने चर्चा छ । न्यौपाने एमाले चितवनका जिल्ला अध्यक्ष समेत हुन । यदि न्यौपाने उम्मेदवार भयो भने रवि लामिछानेको निर्वाचन क्षेत्रमा तीनैजना उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । –00–

Share:

सम्बन्धित समाचारहरु