कालिकामा पनि लम्पी स्किनको संक्रमण फैलिदो क्रममा, भ्याक्सीन बोकेर प्राविधिक टोली घरघरमा पठाउने नगरपालिकाको तयारी

सिमोन चौधरी । सेतोनेपाल-

कालिका, २१ साउन । पशुमा लाग्ने रोग ‘क्याप्री फोक्स’ नामक जिवाणुका कारणसर्ने लम्पी स्किन रोग फैलिन थालेपछि कालिका नगरपालिकाले निशुल्क भ्याक्सीनसेवा दिने भएको छ ।

२५ गतेदेखि घरघरमै पुगेर पशुहरुलाई भ्याक्सीन दिने तयारी गरिएको कालिका नगरपालिकाको पशु शाखा प्रमुख इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो । प्राविधिक सहितको टोलीघरघरमै पुगेर गोठको अवस्था समेत निरीक्षणगर्ने छ । घाउभएका पशुलाई मलम लगाउने,खटिरा देखिएकालाई भिरकोनद्धारा स्प्रे गर्ने,पोटास प्रयोग गरेर सरसफाईगर्ने, गोठ र भकारोहरुमा फिनेलले सफागर्ने लगायतका योजना सहित टोली पशुपालनगर्ने कृषकहरुको घरघरमा पुग्ने नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो ।

नगरपालिकाले ८ हजार पशुलाई भ्याक्सीन लगाउने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक भ्याक्सीन ल्याउन नगरपालिकाले अन्तिम तयारी गरेको गरेको छ । दुईतीन दिनभित्रमा भ्याक्सीन आइपुग्ने नगरप्रमुख रेग्मीले बताउनुभयो ।
कालिकामा भैसीमा पनि लम्पी स्किन रोग देखिएको छ ।

कालिकामा भैसीमा पनि लम्पी स्किन रोग देखिएको छ । आज (आईतवार ) सम्म सानाठूलागरी १ हजार ८० वटा पशुमा यो संक्रमण देखिएको पशुशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सबैभन्दाबढी गाईमा यो संक्रमण देखिएको छ । पौडेलका अनुसार यो रोगका कारण कालिकामा मात्रै ११ वटा गाई मरेका छन् । वडा नं. ११ मा सबैभन्दा पहिला यो संक्रमण देखिएको थियो । स्थानीय जातको गाईमा देखिएको यो संक्रमण अहिले कालिकाको धेरैजसो वडामा फैलिँदै गएको छ ।

सबैभन्दाबढी कालिकाको वडा नं. ५ र ६ मा बढी देखिएको पशु शाखा प्रमुख पौडेलले बताउनुभयो ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु