पौडी खेल्ने क्रममा बालकको मृत्यु भएपछि वीपी राजमार्ग बन्द

बैशाख ४ सिन्धुली । पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएपछि आफन्तले वीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरेका छन् । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन्।

कमलामाई नगरपालिका–५ मिलनचोक बस्दै आएका फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय शृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।मृतकका आफन्तले आज बिहानैदेखि राजमार्गको कमलामाई नगरपालिका–४ ढुङ्गेबासमा सडक बन्द गरेका हुन् ।बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पुर्‍याएको उनले बताए ।

कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा शृयासको ज्यान गएको र दोषीलाई कारबाही गर्नुपर्ने तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।पीडित पक्षले बालकको शव बुझेका छैनन् ।

शृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु