भीमफेदीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुर, २१ साउन । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।

भीमफेदी गाउँपालिका- ९ लामिडाँडामा आज बिहान ७ः३० बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीय शिव रुम्बाले जानकारी दिए। पहिरो पन्छ्याउनको लागि टोलि खटाइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

काठमाडौंको बल्खुबाट मकवानपुरको कुलेखानी हुँदै हेटौँडा निस्कने यो राजमार्ग छोटो र व्यस्त राजमार्गमा पर्छ।–00–

Share:

सम्बन्धित समाचारहरु