भरतपुर, २० साउन । मनकामना अस्पतालले गर्भपतन गराउने क्रममा मृत्युभएकी नवीना महतोको घटना मेलमिलापगरी टुंगो लगाएको छ ।
भरतपुरमा रहेको अस्पतालले १६ हप्ताको गर्भपतन गराउने क्रममा नवीना महतोको गएराती मृत्युभएको थियो । मृतक महतोको परिवार, आफन्तले क्षतिपूर्तीको मागगर्र्दै आन्दोलनगर्न थालेपछि अस्पताल प्रशासनले छोरीको पालन पोषणको लागि साढे २७ लाख रुपैयाँ रकम दिने लिखित सहमतिपछि महतोको आफन्तले शब बुझेका छन् ।
घरवाट सामान्य अवस्थामा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी महतोलाई अस्पतालका चिकित्सकले सल्लाह दिएरनै गर्भपतन गरेको हो । भरतपुर महानगरपालिका वडा नं. ६ घर भएकी महतोको पाँचवर्षकी एउटा छोरीछन् । ३५ वर्षकी नवीना दोश्रो गर्भ रहेको १६ हप्तापुरा भएपछि श्रीमान श्रीमति विहीवार साँझ भरतपुर स्थित मनकामना अस्पताल गर्भ परीक्षणका लागि पुगेका थिए ।
अस्पतालले यो विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । नवीनाको मृत्युपछि अस्पतालको लापरवाही भएको भन्दै परिवार र आफन्तले अस्पताल परिसरमा आन्दोलन थालेका थिए । उचित क्षतिपूर्ती नपाए सम्म शव नबुझ्ने अडान सहित आन्दोलन थालेपछि अस्पतालले २७ लाख रुपैयाँको चेक हस्तान्तरण गरी आन्दोलनलाई टुंगो लगाएको हो ।
यो अस्पतालले गर्भपतनको लागि स्वीकृत समेत लिएको छैन । स्वास्थ्य कार्यालय चितवनले मनकामना अस्पताल गर्भपतन सेवाका लागि अनुमती नलिएको जनाएको छ । कार्यालयकी जनस्वास्थ्य नर्स अधिकृत नन्दकली चापागाईँले कानुनी रुपमा अस्पतालले स्वीकृत नलिएको जानकारी दिनुभयो । २३ वटा सरकारी र नीजि अस्पताल र स्वास्थ्य संस्थाहरुले गर्भपतनका लागि अनुमति लिएका छन् । तर मनकामना अस्पतालले अनुमति लिएको हामीसँग कुनै रेकर्ड छैन उहाँले भन्नुभयो । अनुमती नलिई गर्भपत गराउनुलाई अपराध मानिन्छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १८९ ले गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन सक्ने व्यवस्था गरेको छ । यदि १२ हप्ताभन्दा बढीको गर्भपतन गराउनुपर्ने भएमा गर्भवती महिलाको ज्यान जान सक्ने जोखिम, बच्चा विकलाङ्ग जन्मिन सक्ने खतरा वा जबरजस्ती करणी भएको अवस्थामा लाइसेन्स प्राप्त चिकित्सकबाट प्रमाणित हुनुपर्ने व्यवस्था छ ।
तर, मनकामना अस्पताल भरतपुरले अहिलेसम्म नवीना महतोको १६ हप्ता कटेको गर्भपतन गराउनुपर्ने अवस्था के कारणले आयो भन्ने स्पष्टसँग सार्वजनिक गरेको छैन ।
\ 
–00–

