शङ्कर कँडेल मृत्यु प्रकरण : मुख्य आरोपी रुङ्गटा थुनामा

भरतपुर, १८ साउन । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुङ्गटा पूपक्ष लागि थुनामा गएका छन्।

न्यायाधीस डिल्लीराम शर्मा अर्यालको बिहीबारको आदेशले रुङ्गटा जेल चलान भएका श्रेष्तेदार इश्वर आचार्यले बताए । घटना भएको तीन महिनापछि आरोपी रुङ्गटा जिल्ला अदालत चितवन पुगेका हुन । चितवन अदालतले दिनभर उनको बयान लिएको थियो । बयान लिएसँगै उनलाई थुनामा राख्न आदेश दिएको हो ।

कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए । वैशाख १९ मा कँडेल नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए ।

नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए ।–00–

Share:

सम्बन्धित समाचारहरु