दीपेश चौधरी-
सौराहा, १७ साउन । सौराहा एफ सि ले सेभ द राइनो कपको उपाधि जितेको छ ।
सौराहामा भएको फाइनल खेलमा गौरीगन्ज एफ सिलाई २(० ले हराउँदै आयोजक सौराहा एफ सि उपाधी चुम्न सफल भएको हो । सौराहा एफ सि खेल निकै रोचक प्रतिस्पर्धा रहको थियो । खेलको पहिलो हाफमा सौराहा एफ सिका सञ्जय चौधरी गोल गर्दै अग्रता लिएको थियो । खेलको दोस्रो हाममा गौरीगन्ज एफ सि ले पेनाल्टी प्रहार गर्ने मौका पाए पनि गोलमा परिणत गर्न असफल रहयो । खेलको दोस्रो हाफ सौराहा एफ सि का विर्जु चौधरीले गोल गरेका थिए ।
उपाधी हात पारेसंगै सौराहा एफ सि ले ३० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको गौरीगन्ज एफ सिले नगद १५ हजार संगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सर्वाधिक गोलकतार्मा सौराहा एफ सि का सञ्जय महतो घोषित भए । उनले प्रतियोगिता अवधिभर ६ गोल गर्न सफल भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा सौराहा एफ सि का अजित लामा घोषित भए, उत्कष्ट डिफेन्समा सौराहा एफ सि कै अनुप महतो, म्यान अफ दि म्याच अभिसेक महतो त्यस्तै उत्कृष्ट गोल रक्षक गौरीगन्ज एफ सि का विजय तमाङ घोषित भए।
विजयी टिमलाई रत्ननगर नगरपालिका वडा न ६ का वडा सदस्य विरेन्द्र महतो, प्रतियोगिता संयोजक कृष्ण, सौराहा एफ सि का अध्यक्ष प्रकाश चौधरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका सदस्य बाबुराम महतो लगाएते पुरस्कार वितरण गरेका थिए ।




–00–


