जितियाको रौनकता टोलटोलमा, मेलमिलापकर्ताहरूले डटखट खाएर मनाए जितीया

भदौ २४, रत्ननगर । थारू समुदायले जितीया पर्व मनाउने तयारीमा छन् । थारूहरूको घरघरमा जितीयाको रौनकता देखिएको छ । टोल टोलमा जितीया विशेष कार्यक्रमगर्ने तयारी भईरहेको बेला रत्ननगरका मेलमिलापकरेताहरूले पनि डटखट खाएर जितीया पर्व मनाएका छन् । जितीयाको पूर्व सन्ध्यामा एक कार्यक्रम गरी मनाईएको हो ।

कार्यक्रममा जितीया पर्वको महत्व बुझाउदै शुभकामना आदानप्रदान समेत गरिएको केन्द्रकी अध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिइन । कार्यक्रममा थारु संस्कृति संग्रहालयका सल्लाहकार सत्यनारायण चौधरीले जितीया पर्वको महत्व र थारु संस्कृतिको परम्परागत महत्वको बारेमा प्रकास पारेका थिए ।

कार्यक्रममा जितीयामा थारु महिलाले लगाउने परम्परागत पोसाक र त्यसको सांस्कृतिक महत्वको बारेमा समेत गैरथारु महिलाहरुलाई जानकारी गराइएको केन्द्रकी अध्यक्ष चौधरीले जानकारी दिए । कार्यक्रममा थारु र गैरथारु महिलाहरु बीच शुभकामना आदानप्रदान गर्दै डठखट (दर) समेत खुवाइएको थियो ।
जितीयाको अवसरमा भदौ २५ गते आधारभुत विधालय सुल्तानाको प्राङगणमा जितिया विशेष कार्यक्रम हुदैछ भने, भदौ २९ गते सगरमाथा युवा क्लब खैरहनी ५ सलौली, ३१ गते पदमपुरमा र १ गते खैरहनीको बहेरी र बहेरा गाउँ मिलेर पनि कंकाली स्कुलमा जितीया विशेष कार्यक्रम हुँदैछ । अन्य थारू टोलहरूमा पनि जितीया विशेष कार्यक्रम हुँदैछ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु