कांग्रेसका महामन्त्री विश्वप्रकाश रोजे झापा

भदौ १, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरे । झापाबाट लगातार दुई पटक आम निर्वाचनमा पराजित भएका उनले चुनाव क्षेत्र परिवर्तन गर्न सक्ने चर्चा थियो ।

उनी यसपटक काठमाडौं–५ मा उम्मेदवार बन्ने चर्चा भइरहेका बेला उनले बुधबार सामाजिक सञ्जालमार्फत प्रष्ट पारेका छन् ‘झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’
उनले झापाको कुन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने खुलाएका छैनन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा शर्माले झापा– १ बाट प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला वाम गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।

‘संसदीय व्यवस्थामा एउटा व्यक्ति मेची महाकाली जहाँ पनि गएर लड्नसक्छ । म जहाँ लड्दा पनि हुन्छ । एउटै जिल्ला वा क्षेत्र रोज्नुपर्छ भन्ने त होइन’ महामन्त्री शर्माले भने ‘झापा १ मा म लड्छु भनेपछि स्वभाविक रुपमा अघिल्लो चुनावमा जितेको साथीले मेरो लागि अप्ठ्यारो पार्नुहुन्न । म लड्छु भनेँ भने माओवादीबाट जितेका साथीले हो हो विश्वप्रकाश नै हो भन्नेमा ढुक्क छु ।’

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु