बानेश्वरमा लघुवित्तपीडितको प्रदर्शन

काठमाडौं, १० साउन। लघुवित्त पीडितहरू संसद् भवन घेराउ गर्न पुगेका छन् । त्यसक्रममा केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद् भवन घेराउ गर्न खोज्दा केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंको माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको थियो ।

आन्दोलनमा सहभागीहरूले लघुवित्तका कारण आफूहरू पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए । उनीहरूले आफ्ना माग पूरा नभए घर नफर्कने समेत बताएका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु