चितवन अपडेट: १ बजेदेखि मतगणना गर्ने तयारी

चितवन,११ बैशा ।  चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ। जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीका अनुसार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको हो। ​ कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने अडान राखेका थिए।

१ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ। लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो। -00-

Share:

सम्बन्धित समाचारहरु