सरसफाईका लागि ४० वटा डस्विन बाड्यो

प्याराडाइज युवा क्लबले गाउँघर सरसफाईका लागि मिलाएको चाजोपाँजो

रत्ननगर, २८ असोज । आफ्नो गाउँ आफै बनाउँ भन्ने उद्देश्यले रत्ननगर ७ सिसुवार स्थ्ति स्थानीय युवाहरुको क्लब प्याराडाईज यूवा क्लबले बृहत सरसफाई तथा डस्विन वितरण कार्यक्रम आयोजना गरेृको छ ।

वडा नं. ७ का वडा अध्यक्ष सजना महतोको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा स्थानीयहरु आफ्नो गाउँ सरसफाईमा जुटे । ढल वरिवरिका झार उखाल्नेदेखि घराबाट निस्किने फोहोर सरफाई गरेका थिए । स्थानीय महिलादेखि युवाहरुको सहभागीतामा आयोजना गरिएको कार्यक्रमले गाउँलाई स्वच्छ र सुन्दर बनाउन मद्दत पुग्ने प्रमुख अतिथि वडा नं. ७ का वडा अध्यक्ष महतोको भनाई छ । उहाँ आफैपनि सरसफाई कार्यक्रममा सहभागी हुनुभयो ।

क्ल्बका अध्यक्ष शरदकुमार महतोले उत्साहपूर्ण जनसहभागीताले आफुहरुलाई थप हौसुला मिलेको बताउनुभयो । सरसफाई अभियान निरन्तर जारी रहने समेत उहाँले जानकारी दिनुभयो । यो अभियानमा सहभागीता जनाउनुहुने गाउँबासी र डस्विन दाताहरुलाई अध्यक्ष महतोले धन्यवाद ज्ञापनगर्नुभयो ।

सरसफाई अभियानका लागि विभिन्न व्यक्तिहरुवाट प्राप्त ४० वटा डस्विन समेत वितरण गरिएको छ ।

आफ्नो गाउँलाई सरसफाई र सुन्दर बनाउन डस्विन सहयोगगर्नेहरुको नामावली ।

१ सुस्मा र नारायण कुमार महतो (अमेरिका) १० वटा
२ शरद कुमार महतो (क्लब अध्यक्ष ) ५ वटा
३ मगन महतो ( ए वान शटर ग्रील उधोग ) २ वटा
४ राम्सुन्दर महतो (रिब्युल्डिङ इन्जिनियरिङ ) २ वटा
५ शिब नारायण चौधरी (गड्यौलि स्कुल प्राचार्य) २ वटा
६ रमेश महतो २ वटा
७ सुरेश महतो २ वटा
८ चिरन्जिबि महतो २ वटा
९ सजना महतो (वडा अध्यक्ष ) २ वटा
१० सुर्य तामाङ (वडा सदस्य) २ वटा
११ बासुदेब रिजाल (वडा सचिब) २ वटा
१२ प्याराडाईज युवा क्लब सिसुवार ७ वटा
१३ जितेन्द्र चौधरी (पानस फार्मेसि ) २ प्याकेट ग्लोब्स
१४ रामसुन्दर चौधरी (डिके ) डस्टबिन ढुवानी सहयोग
१५ आशिस चौधरी (ब्यानर सौजन्य)
१६ अनिल महतो ( सुरेश किराना ) खाजा कुक र पानी सौजन्य

—00–

 

Share:

सम्बन्धित समाचारहरु