भीएक्सएल एजुकेशन कन्सल्टेन्सीको चौथौं शाखा रत्ननगरमा स्थापना, भोलीदेखि औपचारिक रुपमा सेवा दिने

रत्ननगर, ४ साउन । वैदेशीक अध्ययनका लागि परामर्शदाताको रुपमा कामगर्दै आएको भीएक्सएल माइग्रेशन एड एजुकेशन कन्सल्टेन्सीले पूर्वी चितवनको रत्ननगरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । रत्ननगरको बकुलहरमा कार्यालय स्थापना गरेर सेवा दिन लागेको विहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । यो चौथौं शाखा हो ।

रत्ननगर शाखाले शुक्रवार (भोली) देखि नै औपचारिक रुपमा सेवा शुभारम्भगर्दैछ । भोली एक कार्यक्रमकाबीच गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाका पूर्व उपाध्यक्ष तथा भी.एक्स.एल माइग्रेशन एड एजुकेशन कन्सल्ट ग्लोबल डाइरेक्टर निवन पन्तले उद्घाटनगर्दैछन् ।

नेपालमा २०११ बाट सेवा शुभारम्भ गरेको भीएक्सएल माइग्रेशन एड एजुकेशन कन्सल्टस्ले छोटो समयमा एजुकेशन कन्सल्टेन्सीहरुमा बेग्लै छाप बनाउन सफल भएको छ । बकुलहर शाखासँगै देशका अन्य मुख्य मुख्य शहरहरुमा पनि थप शाखा विस्तारगर्ने तयारी रहेको भी.एक्स.एल माइग्रेशन एड एजुकेशन कन्सल्ट्स ग्लोबल डाइरेक्टर निवन पन्तले जानकारी दिए ।

अष्ट्रेलियामा मुख्य कार्यालय रहेको यस कन्सल्टेन्सीबाट पनि फिलिपिन्समा पनि सेवा दिइरहेको छ । यस्तै नेपालको काठमाण्डौं,विराटनगर, बुटवलमा पनि शाखा विस्तार भइसकेको छ । भी.एक्स.एल माइग्रेशन एड एजुकेशन कन्सल्ट्स ग्लोबल डाइरेक्टर पन्तका अनुसार वैदेशीक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि निशूल्क शैक्षिक परामर्श दिने गरिन्छ ।

आइ.एल.टि.एस. र पीटीइका तयारी कक्षा संचालन सँगै अष्ट्रेलिया, क्यानेडा, यूके, आयरल्याण्ड, फिल्याण्ड र जापान अध्ययन तथा भिजिट भिजाका लागि आवश्यक प्रोसेसिङ गरिदिने काम कन्सल्टेन्सीले गर्दै आएको छ । पत्रकार सम्मेलनमा कन्सल्टेन्सीका सञ्चालक नवराज रेग्मी, भि।एक्स।एल नेपालका प्रमुख एमडी न्यौपाने लगायतको सहभागिता रहेको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु