आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइँदै

चैत २३ काठमाण्डौ । आज विश्व खेलकुद दिवस। ‘विकास र शान्तिका लागि खेलकुद दिवस’ भन्ने मूल नाराका साथ आज अप्रिल ६ मा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै छ।

खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो। खेलकुद दिवस संयुक्त राष्ट्रसंघ(यूएन)को आह्वानमा सन् २०१४ देखि मनाउन थालिएको हो। यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेसनलगायत खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए।

समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाउँदै आएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु