कम्बोडिया उडे केपी ओली, ८ गते स्वदेश फर्कने

काठमाडौँ, ३ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुन गइरहेको आम निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्व ६ सदस्यीय टोली गत राति कम्बोडिया प्रस्थान गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी रहेका छन्।

ओली यही साउन ८ गते स्वदेश फर्कने छन् ।–00–

फाइल फोटो-

Share:

सम्बन्धित समाचारहरु