काठमाण्डौं, २ साउन । सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ ।
पार्टी मुख्यालय सानेपामा जारी केन्दीय समितिको बैठकमा महामन्त्री गगन थापाले अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव पढेर सुनाएका हुन् ।
कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्ने उल्लेख छ । थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरे ।
वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव रहेको उनले बताए ।–00–


