चितोनिया थारु भाषामा बनेको ‘सररर घुमे तोर लेहङ्गा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

रत्नननगर, २५ असार । चितोनिया थारु भाषामा तयार गरिएको ‘सररर घुमे तोर लेहङ्गा’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

महेश अफिसियल नामको यूट्टूब च्यानलबाट आज सार्वजनिक गरिएको हो । चितवनकै सेरोफेरोमा छायांकन गरिएको गीतमा विनोद तामाङ र हिना महतोले अभियन गरेका छन् । किशोर चौधरीको निर्देशन तथा सम्पादन रहेको गीतमा महेश चौधरी र श्रेया रानाको शब्द रहेको छ । गीतमा महेश चौधरी र एलिना वि.क ले स्वर दिएका हुन ।

पुजन लामिछानेले ड्रोन अपरेट गरेका छन भने यो गीतलाई रवि कोइरालाले छायांकन गरेका हुन । म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन ओम फिल्मस स्टुडियोमा गरिएको हो । डियर लभ फिल्मको प्रस्तुतीमा बनेको यो गीतको भिडियोलाई सुखिराम चौधरीले निर्माण गरेका हुन ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार विनोद तामाङ र हिना महतो दुवैले आफुहरुको यो पहिलो प्रयास रहेको बताए । आगामी दिनमा अझै अभिनयमा निखार ल्याउनेगरी आउने बताए । कार्यक्रममा गायक महेश चौधरी, निर्माता सुखिराम चौधरी, थारु कल्याणकारिणी सभा क्षेत्र न.८ का सभापति रामेश्वर महतो, गीतका निर्देशक किशोर चौधरी लगायतले बोलेका थिए ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु