पत्रकार महासंघ चितवन कार्यालयमा समाजवादी प्रेस संगठनको तालाबन्दी

चितवन, २५ असार । पत्रकार महासंघ चितवन कार्यालयमा महासंघ सदस्य शुद्धिकरणको विरोधमा माधवकुमार नेपाल निकट समाजवादी प्रेस संगठन चितवनले तालाबन्दी गरेको छ ।

 

संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सिना र उपाध्यक्ष रामु आचार्यको नेतृत्वमा गएका संगठनका पदाधिकारीहरुले आज कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले महासंघले पेसामा क्रियाशिल नभएका पत्रकारहरुको सदस्यता नविकरण नगरेपछि त्यसको विरोधस्वरुप तालाबन्दी गरेका हुन् ।

संगठनले प्रेषित गरेको विज्ञप्तिमा २०८० चैत मसान्तसम्मको अवधिमा नविकरण गरेका पत्रकारहरुको सदस्यता बिना शर्त कायम गर्न माग गरेको छ । त्यस्तै विज्ञप्तिमा महासंघको निर्णय पक्षपातपूर्ण भएकोले त्यसको खारेजी गर्दै विधिपूर्वक निवेदन पेस गरेका पत्रकारहरुको सदस्यता बिना शर्त कायम गर्न माग गरिएको छ । केही दिन अघि एमाले निकट प्रेस चौतारीले पनि महासंघको निर्णयको विरोधमा तालाबन्दी गरेको थियो । –00–

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु