चितवनमा माओवादी केन्द्रले झण्डै पाँच करोड लगानीमा पार्टी कार्यालय बनाउने

चितवन, २३ असार ।   माओवादी केन्द्र चितवनले झण्डै पाँच करोड रुपैयाँको लगानीमा आफ्नो जिल्ला पार्टी कार्यालय बनाउने भएको छ ।

जिल्ला पार्टी कार्यालय भवन निर्माणको लागि आज माओवादीले वृहत् भेला गरेर यसको तयारीको बारेमा जानकारी गराएको हो । माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी (आरसी) ले तीनदेखि पाँच करोडको लगानीमा अत्धाधुनिक भवन बनाउन लागिएको जानकारी दिए ।

उनले भने, ‘ तीन देखि पाँच करोड रुपैयाँ लाग्ने हाम्रो अनुमान छ । यसको प्राविधिक लागत मूल्यांकनको काम हुँदै छ ।’ उनले जनश्रम दान र जनसहभागितामा भवन निर्माण गरिने बताए । निर्माण समितिको संयोजक समेत रहेका अधिकारीले एक महिनाभित्रमा यसको शिलान्यास गरिने जानकारी समेत दिएका हुन ।

 

Share:

सम्बन्धित समाचारहरु