नेपाली बजारमा सुन र चाँदीको भाउ घट्यो

चैत २१ काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९८ हजार २ सय रुपैयाँमा झरेको छ।

चाँदीको भाउमा पनि सोमबार प्रतितोला १० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु