एसईई परीक्षामा नारायणी इङ्लिस पब्लीक स्कुलले ल्याए चितवनकै उत्कृष्ट नतिजा

चितवन,२१ असार । चितवनको भरतपुरमा रहेको नारायणी इङ्लिस पब्लीक स्कुलले विगतका वर्षहरुमा जस्तै यसवर्ष पर्नि एसईई परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गरेको छ । विद्यालयका सन्दीप पौडेल र प्रयुना सुयालले ४ जिपीए ल्याएका छन् । भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको विद्यालय उत्कृष्ठ अंक ल्याउनेमा प्राय अगाडी आउने गरेको छ ।

चितवन जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीहरु ६ जना रहेकोमा नारायणी पव्लीकका मात्रै २ विद्यार्थीहरुले ४ जिपीए ल्याएका छन् । चितवन जिल्लामै सर्बोत्कृष्ट नतिजा नारायणी पब्लीकको रहेको विद्यालयले जनाएको छ । नारायणी इङ्लिस पब्लीक स्कुलबाट ७९ जनाले एसइइ दिएकोमा सबै उतीर्ण भएका छन् ।एसइइ दिएका अन्य विद्यार्थीहरुको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयका प्रचार्य बेदराज न्यौपानेले जानकारी दिनुभयो ।

३.६ देखि ४ जीपीए ल्याउने १९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २४ जना २.८ देखि ३.२ जीपीए ल्याउने २७ जना, २.४ देखि २.८ जीपीए ल्याउने ७ जना रहेको प्रधानाध्यापक न्यौपानेले बताउनु भयो । –00–

Share:

सम्बन्धित समाचारहरु